
पूर्णपुष्टि, भदौ १० । उदयपुरमा क्रियाशील ६ वटा कर्मचारी संघ संगठनले रौतामाई गाउँपालिकाका कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेका छन्।
भदौ ७ गते शुक्रबार भएको घटनामा केही व्यक्तिहरूको समूहले गुण्डागर्दी शैलीमा कर्मचारीहरूलाई आक्रमण गरेको उल्लेख गर्दै संघ संगठनहरूले विज्ञप्ति जारी गरेका छन्। उनीहरूले यस घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने र अराजक प्रवृत्ति बढाउने भएकोले यसको भत्र्सना गरेका छन्। विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन लगायत विभिन्न कर्मचारी संघ संगठनहरूको हस्ताक्षर रहेको छ।
विज्ञप्ती
