Friday, May 15News That Matters

उदयपुरमा कार्यरत प्रहरी जवान माझीको अस्पतालमा मृत्यु

पूर्णपुुष्टि, माघ १३
उदयरमा नेपाल प्रहरीका एक जवानको उपचारवको क्रममा अस्पतालमा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय कटारीमा कार्यरत प्रहरी जवान पदम माझीको उपचार हुँदै गर्दा ज्यान गएको हो ।
नियमित ड्युटीमा रहेका प्रहरी जवान माझी अचानक बिरामी भएपछि कटारी बजारस्थित कटारी अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।
डीएसपी गौतमकाअनुसार माझी मंगलबार बिहानै देखि बिरामी भएपछि अस्पताल लगिएको थियो । माझीको ३५ वर्षको कलिलै उमेरमा निधन भएको हो ।
के बिरामीको कारण जवान माझीको मृत्यु भएको हो भन्नेबारे जिप्रका उदयपुरले केही खुलाएको छैन । उनको शव प्रक्रिया पु¥याएपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ ।