Sunday, June 21News That Matters

उदयपुरमा काेराेनाले थप १ जनाकाे मृत्यु, एकैदिन मृत्यु हुने ५ पुग्याे

पूर्णपुष्टि, जेठ २ ।

उदयपुरमा अहिले साँझ थप एकजनाकाे काराेनाकाे कारण मृत्यु भएकाे छ । त्रियुगा नगरपालिका १ जाेगिदहका ३७ वर्षिय एक पुरूषकाे मृत्यु भएकाे हाे ।

सुरक्षा अधिकारीका अनुसार हाेम आइसाेलेसनमा रहेकाे अवस्थामा एक्कासी स्वास्थ्यमा समस्या भइ उनकाे मृत्यु भएकाे हाे । समस्या देखिनासाथ बेल्टारस्थित काेराेना हस्पिटल लगिए पनि त्यहाँ जटिल अवस्थाका विरामीकाे उपचार नहुने भएपछि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

जटिल अवस्थाका विरामीलाइ भेन्टिलेटर, आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, उदयपुरमा याे सुविधा नहुँदा विरामीले यसरी नै ज्यान गुमाउनु पर्ने अवस्था छ । उनीसंगै उदयपुरमा एकैदिन काेराेनाले मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । यसअघि ७ जनाकाे मृत्यु भइसकेकाे थियाे । जिल्लामा जम्मा मृतककाे संख्या १२ पुगेकाे छ ।