
पूर्णपुष्टि, चैत्र ३ । जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत कटारी नगरपालिका(३ का ३४ बर्षिय बिजय मकाजु (श्रेष्ठ) लाई जवरजस्त करणी मुद्धामा फरार रहेको भन्दै पक्राउ गरिएको हो । करणी मुद्धामा श्रेष्ठलाई २०६६।०३।१७ गते सम्मानित जिल्ला अदालत गाईघाट उदयपुरबाट ५ बर्ष कैद सजाय हुने फैसला भएको थियो ।
सजायको फैसाला सुनाएको भएपनि उनि भने हाल सम्म फरार अवस्थामा रहेका थिए । प्रहरीका अनुसार श्रेष्ठ काठमाण्डौमा लुकि छिपि बस्दै आएको खुलेको छ । उनलाई गोप्य सुचनाको आधारमा प्रहरी बृत गौशाला काठमाण्डौसँग आवश्यक समन्वय गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । श्रेष्ठलाई गत बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याईको र फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत उदयपुर पठाईएको छ ।
