
पूर्णपुष्टि, भदौ ३० । जिल्ला प्रशासन कार्यालय उदयपुरले जेनजीको आन्दोनमा भएको क्षतीको विवरण बुझाउन अनुरोध गरेको छ । सोमबार सहायक जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले एक सुचना जारी गर्दै क्षती भएको मितिले १५ दिन भित्र क्षतीबाट भएको अनुमानित मुल्य र क्षतीसँग सम्बन्धित प्रमाण सहित विवरण बुझाउन अनुरोध गरेका हुन् ।
जेनजी आन्दोलनको क्रममा जिल्ला स्थित सबै सरकारी कार्यालय, पार्टी कार्यालय, जनप्रतिनिधिहरुको घर लगायतमा तोडफोड र आगजनी भएको थियो ।

