पूर्णपुष्टि, पुष ११
उदयपुरमा दोस्रो जेष्ठ नागरिक दिवस मनाईएको छ । जेष्ठ नागरिक जिल्ला संघ उदयपुरको आयोजनामा गाईघाट स्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा कार्यक्रम भव्य मनाईएका संघका अध्यक्ष खिला घिमिरेले बताए । घिमिरेले उक्त कार्यक्रममको अवसरमा जेष्ठ नागरिक विचार जिवन सम्बन्धि बृहत बिचार गोष्ठी समेत गरिएको जनाए । जेष्ठ उमेरमा आफुहरु कसरी सहज जिवन यापनको बाटो खोज्ने र त्यो अवस्थालाई कसरी प्राप्त गर्ने भन्ने बारे सम्बन्धित क्षेत्रहरु सँग अन्तरक्रिया समेत गरिएको जनाईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी जनार्दन गौतम सहितले शुभकामना मन्तव्यको क्रममा जेष्ठ नागरिकहरुको जिवनलाई कसरी सुखमय बनाउन सकिने भन्ने बारे सामाधान खोज्ने जनाए । गौतम सहित सभापति खिला घिमिरे, १० नं वाअध्यक्ष किरण पाण्डे, जेष्ठ नागरिक कल्याण समाज उदयपुरका अध्यक्ष, बहुवृद्ध जेष्ठ नागरिक प्रित नरसिंह वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । यता नारायण प्रसाद पोखरेलले कार्यक्रम संञ्चालन गरेका थिए भने स्वागत मन्तव्य संगित बाधक लोकनाथ ढकालले गरेका थिए ।
