Monday, May 4News That Matters

उदयपुरमा झण्डै ५ लाख बढीको भन्सार छलीको सामान बरामद

पूर्णपुष्टि, ३० चैत्र ।
उदयपुरमा भन्सार छलीको सामान पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका वडा नं सालघारीबाट खटिएको प्रहरी टोलीले बिल बिजक नभएको सामान बरामद गरेको हो । जलजलेबाट गाईघाट आउँदै गरेको सार्वजानिक सवारी साधनमा अनलाईन बिल लगायतको कागजात नभएको ४ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त सवारी साधनबाट चिनि ५ बोरा, बाबा तेल २२५ काटुन, त्रिशक्ती तेल २० काटुन, भुजा १० बोरा, मुरुरी दाल २ बोरा, हरियो मोटर २ बोरा पान, तेल १० काटुन पक्राउ गरिएको सामान र साधानलाई जिल्ला भन्सार कार्यालय कार्वाहीको लागि पठाईएको छ ।