Thursday, June 11News That Matters

उदयपुरमा टिफर दुर्घटना : एकको मृत्यु ३ घाईते

पूर्णपुष्टि, फागुन ४
उदयपुरमा भएको टिफर दुर्घटनामा एकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मंगलबार करिब ६ः५० बजेको समय जिल्लाको उदयपुरगढी गाउँपालिका ७ हाडेवास चिउरीवासको बाधखोर कोल्टे भित्री सडक खण्डमा स १ क १९० नं को टिफर ब्रेक फेलका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नेपालटार देखी कोल्टे तर्फ गैरहेको पवित्रा निर्माण कम्पनीको टिफर दुर्घटनामा हुदा करिब ४० मिटर तल खसेको प्रहरीको भनाई छ । उक्त टिफरमा चालक सहित ४ जना सवार रहेका थिए ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ७ का १९ बर्षिय उज्वल खपाङगी रहेका छन् । उनको टाउको र शरिरमा चोट लाग्दा बोल्न नसक्ने अवस्था रहेकोमा उपचारको क्रममै जिल्ला अस्पताल उदयपुरमा ज्यान गएको जनाएको छ ।

यस्तै घाईते हुनेहरुमा सोही ठाउँका १७ बर्षिय युवराज खपाङगी, २४ बर्षिय भरत खपाङगी, सप्तरी कल्याणपुर २ का २९ बर्षिय उमेश कुमार चौधरी रहेको छ । चौधरीको टाउकोमा चोट लागेको छ । उनि बोल्न नसक्ने अवस्थामा रहेको जनाईएको छ । अन्य दुई घाईते भने बोल्न सक्ने अव्थामै रहेको छ ।