Wednesday, April 22News That Matters

उदयपुरमा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

पूर्णपुष्टि, असोज २७ । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथिहाईमा ट्रयाक्टरको ठक्करबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७९ बर्षीया तेत्रि देवी चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कर्यालय उदयपुरका अनुसार आज बिहान ८ बजेर २० मिनेटको समयमा मोथिहाई स्थित कच्ची भित्रि सड्क खण्डमा म.प्र. ०१–००१ त २५६४ नं. को ट्याक्टरले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिन साथ चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएकोमा चिकित्सकले ८ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्करदिने ट्रयाक्टर चालक सोही स्थान बस्ने २४ बर्षीय धर्मेन्द्र राजधामी हाल फरार रहेकोले खोजतलास भईरहेको र ट्याक्टर साहु ४० बर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।