Monday, April 20News That Matters

उदयपुरमा ढुंगाले किचेर युवकको मृत्यु

पूर्णपुष्टि, भदौ ११ । उदयपुरमा एक युवकको ढुङगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका–६ बोलुङखा बस्ने पृथी बहादुरको १७ बर्षीय छोरा दिपेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोमबार बिहान साँढे ७ बजेको समयमा आफ्नै बारीमा बाख्रा चराउने क्रममा अचानक माथिदेखि खसेको ढुङ्गाले किचेर युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए ।

उक्त घटनाको खबर पाएपछि प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी नायव निरिक्षक सहितको प्रहरी टोलीले थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि मुचुल्का कार्य सम्पन्न गरी लास पोष्टमार्टको लागि जिल्ला अस्पताल गाईघाट पठाएको डिएसपी चौधरीले जनाए ।