Friday, May 22News That Matters

उदयपुरमा थप एकजनामा काेराेना, जिल्लामा संक्रमित १०५ पुग्याे

पूर्णपुष्टि, साउन २९

उदयपुरकाे थप एकजनामा काेराेना पाेजेटिभ भएकाे छ । कटारी निवासी एक महिलामा अाज पाेजेटिभ पुष्टि भएकाे हाे । कटारी ४ काे २३ वर्षिया महिलामा काेराेना पाेजेटिभ पुष्टि भएकाे हाे ।
उनी ,विरामी भई उपचार गराउन धरानस्थित विपी काेईरालाला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारमा गएकाेमा काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय प्रमुख माेहन सुवेदीले जानकारी दिनुभयाे ।
उनीसंगै उदयपुरमा काेराेना पाेजेटिभकाे संख्या १ सय ५ पुगेकाे छ ।