Sunday, May 17News That Matters

उदयपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमित थपिए

पूर्णपुष्टि, साउन २२

उदयपुरमा आज (शुक्रबार) ८ महिला र ४ पुुरुष गरी थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ५६ जना पुगेको हो । आज थप एकजना संक्रमित पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मृतक पुरुषको उमेर र ठेगान जिल्ला स्वास्थय कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन । सो पुरुषको मृत्यु जिल्ला बाहिर भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । आज थपिएको मृतक पुरुषसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, चौदण्डीगढीमा ६ महिला र १ पुरुष गरी ७ जना र बेलकामा १ जना पुरुषमा संक्रण पुष्टि भएको हो ।

कोरोना जितेर थप १५ जना निको भएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार २४३ महिला र १ हजार ४४८ पुरुष गरी जम्मा २ हजार ६९१ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १४६ महिला र १६६ पुरुष गरी ३१२ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएकोे छ । हाल जिल्लामा आज थपिएका मृतकसहित ३७ पुरुष र १६ महिलाको कोरोनाबाट ज्यान गएको छ ।