
पूर्णपुष्टि, जेष्ठ २०
पछिल्लो २४ घण्टामा उदयपुरमा थप दुईजना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै जिल्लामा मृतकको संख्या ३८ पुगेको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ का २७ वर्षीय पुरुष र लिम्चुङबुङ गाउँपालिका–२ का ५५ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
पछिल्लो केही दिन यता जिल्लमा संक्रमणदर घट्न थालेको छ । आज (बिहिवार) थप ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय ६५ पुगेको हो । २४ पुरुष र १२ महिला गरी थप ३६ जनामा आज संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयकाअनुसार त्रियुगा, बेलका र चौदण्डीगढीमा संक्रमण देखिएको छ ।
सबै भन्दा बढी त्रियुगमा १५ पुरुष र ४ महिला गरी १९, चौदण्डीगढीमा ८ पुरुष र ८ महिला गरी १६ र बेलकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना जितेर आज १४ जना घर फर्किएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या १ सय ५२ पुरुष र १ सय ११ महिला गरी २ सय ६३ पुगेको छ ।
अहिलेसम्म जिल्लामा संक्रय संक्रमितको संख्या ५ सय ८४ पुरुष र ४ सय ८० महिला गरी १ हजार ६४ हरेको छ ।
