
पूर्णपुष्टि, जेष्ठ ५
उदयपुरमा आज (बुधबार) थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । कोरोनाले थप २ जनाको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् ।
त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिले सम्म कोरोनाले त्रियुगाका ११, चौदण्डीगढीका ३, बेलकाका १ र कटारीका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
अहिलेसम्म त्रियुगामा २ सय ४५, बेलकामा ७६, चौदण्डीगढीमा ६१, कटारीमा ५०, रौतामाई गाउँपालिकामा १५, उदयपुरगढीमा १५, लिम्चुङबुङमा १३ र ताप्लीमा १ जना गरी ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयकाअनुसार जिल्लाभरी २ सय ७० पुरुष र २ सय ६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् ।
