Saturday, June 20News That Matters

उदयपुरमा थप ४५ जना संक्रमित थपियो, १३७ जना संक्रमण मुक्त भए सँगै निको हुनेको संख्या हजार नाघ्यो मृत्यु शुन्य

पूर्णपुष्टि, जेष्ठ २९

पछिल्लो २४ घण्टा उदयपुरमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका, लिम्चुङबुङ, त्रिनपा र चौदण्डीका २१ पुरुष र २४ महिलामा आज संक्रमण पुष्टि भएको हो ।  आज थप हुनेहरुमा त्रिनपाका १३, चौदण्डीका १७, बेलकामा १० र लिम्चुङबुङमा ५ जना रहेको छ । १४८ जनाको परिक्षणमा ४५ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७४ मा झरेको छ । संक्रमित मध्ये ५२० जनाको होम आईसोलेसन र ५४ जनाको सस्थागत आईसोलेसनमा उपचार भईरहेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा निको हुनेको संख्या आक्रमक देखिएको छ । आज १३७ जनाले कोरोना जितेपछि जिल्लामा कोरोना बाट मुक्त हुनेको संख्या १११२ पुगेको छ । हिजो मात्रै ४ सय बढीले कोरोना जितेको स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा मृत्युको संख्या शुन्य रहेको छ । ५ दिन यता देखि जिल्लामा मृत्युको संख्या यथावत रहेको छ । हाल सम्म जिल्लामा ४६ जनाले कोरोना बाट ज्यान गुमाएको छ ।