
पूर्णपुष्टि, असोज २६ गते ।
उदयपुरमा गठबन्धनका आधिकारिक उम्मेद्धारबिरुद्ध बागी उम्मेद्धारी दिएका दुइजनाले मनोनयन फिर्ता गरेका छन् । उदयपुरको प्रतिनिधीसभा क्षेत्र नं एकको प्रदेशसभा (ख) मा नेपाली काग्रेसका उम्मेद्धार हिमाल कार्की बिरुद्ध उम्मेद्धारी दिएका बासु उपाध्यय पोखरेलले उम्मेद्धारी फिर्ता लिएकाछन् । उनले हिमाल कार्कीलाइ समर्थन गर्ने भन्दै उम्मेद्धारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत जनाएका छन् ।
यस्तै क्षेत्र नं दुई अन्तरगतको प्रदेशसभा (ख) मा गठवन्धनका उम्मेद्धबार राम कुमार खत्री बिरुद्ध उम्मेद्धारी दिएका माओबादी केन्द्रका नेता हेमराज दाहालले उम्मेद्धारी फिर्ता लिएको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा दुई जनाले उम्मेद्धारी फिर्ता लिएसँगै ६२ जना चुनाबी मैदानमा रहेका छन् ।
