
पूर्णपुष्टि, ३० असोज ।
उदयपुरगढी ७ अधेँरीमा आज फेरी अर्को दुर्घटना भएको छ । त्यस ठाउँमा सोमवार दिउँसो मात्रै हायस दुर्घटना भई १८ जना घाईते भएका थिए । काठमाण्डौँ देखी झापा जाने क्रममा दुर्घटना भएकै हासमाथी फेरी मंगलबार बिहान ट्रक दुर्घटना भएको हो । हेटौँडा देखी ताप्लेजुङ तर्फ जाँदै गरेको ना ७ ख ८८८६ नं ट्रक हायसमाथीनै दुर्घटना भएको थियो ।

ट्रकको गियर बक्स फुटेर बे्रक नलागेपछि अनियन्त्रीत भैई दुर्घटना ग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । ट्रक पल्टेर हायसमाथी झर्दा हायसलाई पून ः क्षेती पुराएको हो । हिजो इन्जीनको भागमा मात्रै क्षती पुगेको हायसलाई आज ट्रकले थप क्षती पुराएको छ । हिजो इन्जीनको भाग मात्रै क्षती भएको हायस आज भने बडीको कुनै पनि पार्ट काम नलाग्ने अवस्थामा भएको छ । ट्रकमा सवार भने सामान्य अवस्थामा छ ।

