
पूर्णपुष्टि, कार्तिक १५ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजक बेल्टार ब्याडमिनटन क्लबले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन गरिने जनाएको छ ।
आयोजकका अनुसार प्रदेश नं. १ स्तरीय मेन्स डबल्स उपाधि विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार र तेस्रो पुरस्कार १५ हजार रहेको छ भने भेट्रान्स तर्फ प्रथम पुरस्कार प्रथमलाई २५ दोस्रोलाई १५ र तेस्रोलाई १० हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै मेन्स मिक्स डबल तर्फ भने प्रथम पुरस्कार २० हजार, दोस्रो १२ र तेस्रो ८ हजार रहेको छ । त्यस्तै उदयपुर जिल्ला स्तरिय मेन्स डवल्स तर्फ प्रथमलाई ३० हजार दोस्रोलाई १२ र तेस्रोलाई ८ हजार रहेको छ ।

