
पूर्णपुष्टि, १५ कार्तिक ।
गाईघाट बजारमा तिहारको प्रभाव देखिएको छ । तिहार लागे सँगै बजार पसलहरु भरिभराउ अवस्थामा छ । बजारको सबै क्षत्रमा सबैखाले चहलपलहल देखिन्छ । किनमेल, सवारी साधन, यात्रु, होटल सबैखाले ब्यपारीक क्षेत्र भरिभराउ छ । माईतिलाई चेलिहरुले पुज्नु पर्ने भएकाले किनमेलमा बढी महिलाहरु देखिन्छ । तिहारको सामाग्रीहरु ब्यपारिहरुले छरपस्टै फिजाएर राखेको छ ।
बिषेशगरी प्लाष्टिकको माला लगायत तिहारको सामाग्रीहरुको किनमेल बढी देखिन्छ । त्यस पश्चात खाद्यन्न, तरल पदार्थ, लत्ता कपडा, उपहार जस्ता कुराहरु पनि किनमेल भैरहेको छ । दशैँमा भन्दा पनि तिहारमा यो पटक गाईघाटमा भिँडभाँड देखिएको छ । बिगतमा कोरोनाले थलिएर संकट ग्रस्त भएको चाँडबाँड फेरी पुरानै अवस्थामा फर्किदैँछ । तिहारको दोस्रो दिन बजारमा भिँडभाँडले सिमा नाघेको छ । सवारी साधनहरुको आवत जावत र यात्रुको घुँईचो बढेको अवस्था छ । नेपालमा मनाईने ठुला चाँडहरु मध्ये तिहार पनि एक हो । दशैँ लगत्तै मनाईने यो पर्वमा झिलिमिलि र फुलमालाको बढी प्रयोग हुन्छ । माईतिहरुलाई खुसि बनाउन चेलीहरु यो बेला किनमेलको दौडधुपमा देखिन्छ । तिहार १४ गतेबाट नेपालीहरुको घर आगनमा आएको छ । बुधबार काग तिहार मनाएर बिहिबार कुकुर तिहार सँगै लक्ष्मी पुजा गरिने छ । शुक्रबार औँसी पर्छ भने शनिवार गाई र गोरु तिहार मनाएर आईतबार भाई टिका मनाईने छ ।

