
पूर्णपुष्टि, फागुन २६ । उदयपुरमा कांग्रेस निकट नेपाल शिक्षक संघको कार्यलयमा ताला लागेको छ । शुक्रबार आयोजित संघको ९ औँ अधिवेशनमा संस्थापन पक्षले अधिवेशनको प्रक्रिया नपुराई डाईरेक्ट निर्वाचनको तयारी गरिएकोमा एक पक्षले बिरोध गर्दै आएको पाईएको छ ।
विरोध पक्षले संस्थापन पक्षलाई अधिवेशनको प्रक्रियै नपुराई एक्कासी निर्वाचनको प्रक्रिया थालिएको आरोप लगाउँदै ताला लगाएको अध्यक्षको प्रत्यासी समेत रहेका राम वहादुर राउतले जनाए । राउतले अधिवेशनको क्रममा पुरा सदस्य नपुगीनै साधारण सभा गरेको र आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरी नै निर्वाचन गर्ने भएपछि आफुहरुले ताला लगाएको जनाए ।
राउतका अनुसार अधिवेशनको एक पक्षीय साथीहरुले बन्द सत्रमा उपस्थित संख्या बुझ्न खोज्दा अध्यक्षले सचिवलाई सचिवले निर्वाचन र निर्वाचले फेरी पुरानो न्युनकरण समितिलाई देखाउँदै पन्छिएको जनाएको छ । यसरी जिम्मेवारी व्यक्तिहरुनै अधिवेशन पुरा नगरी छाडेर हिडेपछि एक पक्षले कार्यालयमा ताला लगाएको जनाएको छ । १ बजे बाट सुरु भएको अधिवेशन, २ बजे बाटै साधारण सभाको उद्घाटन सत्र सुरु गरी नोमिनेसन सुरु गरिसकेको अधिवेशनको बिरोध पक्षले जनाएको छ ।
