
पूर्णपुष्टि, पौष १४
असंवैधानिक संसद विघटनको चर्को बिरोध गर्दै उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – माधव समूहले बृहत बिरोध र्याली प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनअपेक्षा बिपरित संसद विघटन गरेको भन्दै यसलाई तत्काल ख्यारेज गर्न माग सहित मंगलबार गाईघाट बजारमा बिरोध र्याली गरेको हो ।
प्रधानमन्त्री ओलीको संसद विघटनको कदमले आम जनताहरुको संघर्षलाई प्रहार गरेको उपस्थित नेताहरुले बताएका छन् ।
आज नेपाली जनताहरुको संघर्षबाट पाएको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग गरेको समेत उनिहरुले बताए ।
हालै भईरहेको राजनितिक घटनालाई तत्काल सुधार गरी दिगो सरकार जनताहरुको हक अधिकार सेवा सुविधालाई निरन्तर दिन समेत पार्टीले आग्रह गरेको छ ।
प्रदर्शनमा केन्द्रिय सदस्यहरू सुरेश कुमार राई (हिमाल), जगन्नाथ खतिवडा, बलदेव चाैधरी। प्रदेश सांसद नारायण बुर्जा मगर, सुनीता चौधरी लगायतका नेताहरुले संवाेधन गरे ।
फोटो फिचर

