Thursday, October 15News That Matters

उदयपुरमा फेरी निषेधाज्ञा थपियो, बैँकहरु हप्ताको ३ दिन खोल्न पाईने

पूर्णपुष्टि, जेष्ठ २०

जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा छैटौँ पटक निषेधाज्ञा थपेको छ । कोरोना संक्रमणको दर मृत्युदर जारि नै रहेको भन्दै २१ गते शुक्रबार रातको १२ बजे देखि २८ गते शुक्रबार रातको १२ बजे सम्मलाई निषेधाज्ञा थप गरिएको प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले जानकारी दिनुभयो ।

बिहिबार प्रशासनले आदेश जारी गर्दै निषेधाज्ञा थप भएको सूचना प्रकासन गरेको छ । निषेधामा अत्यावश्यक सवारी र व्यक्तिलाई भने खुल्ला गरिएको छ । खाद्यन्नका लागि भने बिहान ७ देखि ९ बजे सम्मलाई खुल्ला गरिएको छ ।

यता केहि समय देखि पूर्ण रुपमा ठप्प पारिएको बैँक बित्तिय पनि हप्ताको ३ दिन खोल्न पाउने भएको छ । साताको आईतबार, मंगलबार र बिहिबार गरी ३ दिन बैँक कारोबारका लागि आदेश दिएको हो ।