Wednesday, June 10News That Matters

उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा थपियो, उंलघन गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना

 पूर्णपुष्टि, जेष्ठ १४

उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा प्रशासनले थपेको छ । शुक्रबार रातको १२ बजे देखि आगामी शुक्रबार १२ बजे सम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ । कोरोनाको दर जिल्लामा उच्च रहेको भन्दै यसको नियन्त्र र रोकथामका लागि प्रशासनले निषेधाज्ञा निरन्तर जारी राखेको हो ।

निषेधाज्ञामा अनुमतिका खाद्य सामाग्री ढुवानी र निर्माण सामाग्रीका आधिकारीक ढुवानीहरुलाई मात्रै चल्न दिने जनाएको छ । प्रशासनले नियम उलंघन गर्नेलाई जरिवाना तथा कार्वाही समेत गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गर्ने व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख सम्म जरिवाना गर्ने जनाएको छ ।

यसैगरी सवारीको हकमा भने २ पांग्रेलाई २ हजार र ४ पांग्रेलाई ५ हजार सम्म जरिवाना र कार्वाही समेत हुने जनाएको छ । यता मास्क नलगाउनेलाई भने सय रुपयाँ जरीवाना गराउने प्रशासनले जनाएको छ । प्रशासनले बिबाहभोज र पुजापाठलाई पनि ठप्प पारेको छ । भिँडभाँडको कारण जिल्लामा संक्रमण फैलिएको भन्दै यो पटकको निषेधाज्ञा बाट भने बिबाहको लागि पनि सिफारिसमा रोक लगाएको प्रशासनले जनाएको छ ।