Thursday, June 4News That Matters

उदयपुरमा बागी उम्मेदवार राउत सहित प्रमुख पदमा ३ महिला चुनाव लड्दै

पूर्णपुष्टि, बैशाख १७
उदयपुरका आठ पालिकामध्ये २ पालिकामा मात्र महिलाले प्रमुख पदका लागी उम्मेदवारी दर्ता गराएका छन् । त्यसमा पनी दुईजनाले स्वतन्त्रतर्फबाट र एकजनाले जनता समाजवादी पार्टीबाट दिएका छन् ।

त्रियुगा नगरपालिकको प्रमुख पदका लागि जनता समाजवादी पार्टिले मन्जु राईलाई उम्मेदवार बनाएको छ । ज.स.पा. ले मात्र उदयपुरमा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो । यस्तै यही नगरपालिकको प्रमुखमा स्वतन्त्रबाट अम्बिका कुमारी रेग्मीले उम्मेदवारी दिएकी छिन् । उनी क्रान्तीकारी माओवादी र नेत्र विक्रम चन्द विप्लपको पार्टिले समर्थन गरेको उम्मेदवार हुन् ।

यस्तै काटारी नगरपालिकको प्रमुखका लागि भिम कुमारी राउतले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् । उनी यसअघी सो नगरमा एमालेबाट निर्वाचित उपमेयर हुन । एमाले नगरकमिटीले उनलाई मेयरका लागि सिफारिस गरेपनि पार्टिले तत्कालिन मेयर ज्ञानेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएपछि बागि उम्मेदवारी दिएकी हुन् । सोही न.पा.प्रमुख पदमा एकिकृत समाजवादीकी ईन्दिरा कुमारी पोखरेल र स्वतन्त्रतर्फ चिनीमाया तामाङले उम्मेदवारी फिर्ता लिएकी छिन् ।