
पूर्णपुष्टि, २३ असोज ।
उदयपुरमा लागुऔषाध दुव्र्यसनी बढ्दो अवस्थामा देखिएको प्रहरीको तथ्याँङकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔाषाध नियन्त्रणका लागि संञ्चालन गरेको एमडिआई बारे जानकारी गराउन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनले गरेको तथ्याँङकमा यस्तो देखिएको हो । प्रहरी कार्यालयका अनुसार झण्डै एक महिनाको हाराहारीमा उदयपुरमा २८ जना ब्यक्ति लागुऔषाध सहित पक्राउ परेको छ ।

२०८० भाद्र २५ देखी असोज २२ गते सम्मको बिवरण अनुसार २७ पुरुष र १ महिला सहित २८ जना कारोवारी र प्रयोगकर्ता पक्राउ परेको हो । त्यस मध्ये १५ जनालाई भने मुद्धानै दर्ता गराईएको उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । थापाका अनुसार ब्राउन सुगर, एम्पुल, गोटी जस्ता लागुऔषाध सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुबाट ७५ एम्पुल, २३७ गोटी र ५७ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर समेत बरामद भएको छ ।
प्रहरीले जिल्लामा लागुऔषाध दुव्र्यसनलाई रोक्न नयाँ नयाँ बिधिहरु पनि अपनाएको जनाए । पक्राउ पछि कार्वाही मात्र नभई परामर्श र सामाजिकीकरणमा समेत जोड दिईएको छ । सोही अन्तर्गत उदयपुर प्रहरीले एमडिआई अभियान समेत संञ्चालनमा ल्याएको छ । प्रहरीका अनुसार हाल जिल्लामा लागुऔषाध मुद्धामा ३५ जना हिरासतमा रहेको छ । जस मध्ये जिल्ला प्रहरी कार्यालय उदयपुरमा २२ जना, कटारीमा ४, बेल्टारमा ७, रामपुरमा २ जना रहेको छ ।

