पूर्णपुष्टि, पुष ४
उदयपुरमा सोमवार भएको बुलेरो दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहान करिब ८ : ४० बजेको समयमा ताप्लीको रुपाटारबाट कटारी तर्फ जाँदै गरेको प्र.२–०१–००१ च.००५० नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुघंटना हुँदा ताप्ली गाउँपालिका १ का मिन वहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुर प्रहरी प्रवक्ता राकेश कुमार पोदारका अनुसार बुलेरो कटारी नगरपालिका १० पाल्सिङ् भन्ने ठाउँमा सड्कबाट अ.१००मिटर खसेका थिए । दुर्घटनामा अन्य ४ जना भने सामन्य घाईते रहेको प्रवक्ता पोदारले जानकारी दिए । घाईते हुनेहरुमा जिल्ला सर्लाही लालबन्दी बस्ने बर्ष ३० को फडिन्द्र श्रेष्ठ, निज फडिन्द्र श्रेष्ठको छोरी बर्ष ७ की भवानी श्रेष्ठ, बर्ष २ की भुमिका श्रेष्ठ ताप्ली गाउँपालिका ५ रुपाटार बस्ने बर्ष २३ की सुमित्रा गिरी र सोही ठाउँका बर्ष ४५ को झगड बहादुर बि. क रहेको छ ।
