
पूर्णपुष्टि, असार ३० गते ।
उदयपुरको कटारीमा बुधवार दिउँसो ३ः१५ बजेको समयमा बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने आठ जना घाईते भएका छन् । जिल्ला कटारी नगरपालिका–१३ बिष्णु राउतको उपचारको क्रममा ज्यान गएको हो । घाईते हुनेमा कटारी–८ का २० वर्षीय राजु ठकुरी, २२ वर्षीय मनोज ठकुरी, ५५ वर्षीया उर्मिला ठकुरी, ३५ वर्षीय कृष्ण बहादुर बुढाथोकी रहेका छन् । यता कटारी–११ का ५० वर्षीय इन्द्रबहादुर मगर र १८ वर्षीय दिबस बस्तेका साथै कटारी–४ का दिपेश कोईराला घाईते भएका छन् ।
कटारी नगरपालिका–४ अडा कुन्ना स्थित सिद्धिचरण राजमार्गमा प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारीबाट मैयाँखु तर्फ जादैँ गर्दा आफै अनियन्त्रत भई दुर्घटना भएको थियो । सो दुर्घटनामा घाईते भएकालाई कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी धरान घोपा पठाईएको उदयपुर प्रहरीले जनाएको छ ।
चालक जिल्ला कटारी नगरपालिका–१३ मैयाँखु बस्ने अन्दाजी २३ वर्षीय पोस राज खत्री र सवारी साधन समेत ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको छ ।
घाईतेहरुको शरीरका विभिन्न भागहरु हात, खुट्टा, टाउकोमा समेत चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
