Tuesday, June 9News That Matters

उदयपुरमा भु.पु. सैनिक सम्मेलन सम्पन्न

पूर्णपुष्टि, फागुन ३ ।
उदयपुरमा नेपाली सेना भुतपुर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । बिहिबार “भुतपुर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समपर्ण र भरोसा” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो ।

कल्याणकारी योजना निर्देशनालयद्धारा सञ्चालित भु.पु. सैनिक सम्मेलन २०८०, १८ नं वाहिनी अड्डा, भुल्के व्यारेकमा सहायक रथी मनोज बैदवार वाहिनीपतीको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै सहायक रथी बैदवारले वहालमा रहँदा भु.पु. सैनिकले गरेको त्याग, समपर्ण र अवकाश पश्चात संस्थाको हितको लागी पु¥याएको योगदानबाट नेपाली सेना देशको एक गरिमामय संस्थाको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । भु.पु. सैनिकहरुले सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान, सिपलाई अवकाश पछि पनि समाजमा प्रदर्शन गर्दै अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई उच्च पारेको उहाँको भनाई छ ।

माता र मातृभुमी स्वर्ग भन्दापनि प्यारो हुन्छ भन्ने वाक्यांशलाई मनन् गर्दै हरेक भुतपुर्व सैनिकको लागी नेपाली सेना आमा मानिन्छ ‘सहायक रथी बैदवारले भने’ एकै सैनिकको कर्मशिल जीवन योगदान र समर्पणमा व्यतित भएको हुन्छ । अवकाश पश्चातपनि जिवनको अन्तिम क्षणमासम्म विभिन्न माध्यमबाट नेपाली सेनाले सकलदार्जलाई भरोसा दिलाएको बैदवारको भनाई रहेको थियो ।

नेपाली सेनाले अवकाश पश्चात पनि सकलदर्जाको जीवन सम्मान पूर्वक बिताउन सहज होस भनेर सैनिक कल्याणकारी कोषको रकम प्रयोग गरी दीर्घकालिन सेवा सुविधाहरु विस्तार गर्दै लगिरहेको बताउनुभयो । सैनिक संगठन प्रति सदैव सकारात्मक रहँदै सेनाको मुल्य मान्यताको जगेर्ना गर्नु सबै वहालवाला तथा अवकाश प्राप्त सैनिकको सच्चा धर्म रहेको बताए।