Thursday, June 18News That Matters

उदयपुरमा पनि मनाईयो राष्ट्रिय सूचना तथा प्रविधि दिवस

पूर्णपुष्टि, १९ बैशाख ।
उदयपुरमा पनि राष्ट्रिय सूचना तथा प्रविधि दिवस भव्य रुपमा मनाईएको छ । क्यान माहासंघ उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका लगायत संसथाहरुको सहयोगमा मंगलबार दिवस मनाईएको हो । दिवसमा बिभिन्न प्राविधिक संग जोडिएका संघ संस्था विद्यालयहरुले भव्य रुपमा सहभागी जनाए । विहानी गाईघाट बजारमा प्रभातफेरी र्याली प्रदर्शन र पिपलचोकमा कोणसभा गरी दिवस सम्पन्न गरिएका थिए । बरुवा क्याम्पस, त्रियुगा माध्यामिक विद्यालय, त्रियुगा जनता क्याम्पस क्ष्ऋत् ब्याज, श्री बाल मन्दिर माध्यमिक विद्यालय र गाईघाटमा रहेका बिभिन्न इन्ष्टिच्युटहरुले पनि सहभागी जनाएका थिए । दिवसमा त्रियुगा नगरपालिकाका उपमेयरलाई निम्तो गरेको भएपनि उपस्थित हुन नसकेको आयोजकले जनाए । बाँकी सबै प्रविधि तथा सूचना अभियान्ताहरुको उपस्थित रहेका आयोजक क्यानले जनाए ।