Monday, May 18News That Matters

उदयपुरमा मातृशिशु मृत्युदर न्युनिकरणको लागि ८ ओटै पालिका संग छलफल

पूर्णपुष्टि,माघ २६

उदयपुरमा मातृ शिशु मृत्युदर न्युनिकरणका लागि जिल्लाका ८ ओटै स्थानीय तहहरु सँग छलफल तथा योजना बारे अन्तक्रिया भएको छ । आठै ओटा पालिकाका स्थानीय सरकारहरु संग गरिएको छलफलमा मृत्युदर रोक्ने सम्बन्धमा योजना बनाउने समेत प्रतबद्धता भएको छ ।

स्थानीय सरकार, स्वास्थ्य कार्यालय र सबै पालिकाको स्वास्थ्य शाखाहरु बिच वन हार्ट वल्ड वाईड संस्थाले जिल्ला समन्वय समितिको हलमा छलफल तथा योजनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाले महिला मातृशिशु मृत्युदरको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । प्रतिवेदनका अनुसार जिल्लामा मातृ शिशु मृत्युदर नघटेको पाइएको छ । मातृशिशु मृत्युदर लाई कम गर्न स्थानीय सरकाको निकै ठुलो भुमिका रहेको संस्थाकी प्रतिनिधि कल्पना श्रेष्ठले बताउनुभयो ।

मातृ शिशुमृत्युदर  सुधारका लागि स्थानीय सरकारले गुणस्तरीय सेवा सुविधामा ध्यान पुराउन बजेट तथा योजनाहरुमा अगडी बढाउनु पर्ने छलफलमा कुरा उठेको छ ।

पहिला मातृशिशु मृत्युदर स्वास्थ्य सेवाको अभावले हुने गरेको थियो भने आजभोली गुणस्तरीय स्वास्थ्य सेवा नपाउदा हुने गरेको पाईको छ ।

उक्त कार्यक्रममा खुल्ला छलफल हुँदा सरोकारवालाहरुले आफ्ना स्थानमा भएका समस्याहरुको समिक्षा गरेका थिए । समिक्षामा उदयपुरमा भएका हेल्थ पोस्ट तथा वर्थिङ सेन्सटरमा प्रशुतिको लागि आवश्यक उपकरणको अभाव, प्रयाप्त कर्मचारी नभएको, भौगोलीक समस्या र कर्मचारी समायोजन जस्ता बिभिन्न असरले काम गर्न जटिल भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापाले सेवाको पहुचमा नभएका गर्भवती महिलाहरुलाई सेवा दिन पर्ने बताउनुभयो । यसका लागि सवै एकजुट भएर सहकार्यमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले सवै स्थानिय सरकार, स्वास्थ्य शाखा मिलेर काम गरे मात्र सफलता मिल्ने भएकोले सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा भएको बैठक निकै राम्रो र प्रभावकारी भएको बताउनुभयो ।