Wednesday, April 22News That Matters

उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा युवक पक्राउ

पूर्णपुष्टि, साउन १४ । उदयपुरमा मोटरसाईल चारी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–६ का २३ वर्षीय सुनिल चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौडण्डीगढी–९ ज्यामिरेबाट जितेन्द्र देव पाण्डवको बा ७६ प ८५८९ नं.को होण्डा मोटरसाइकल चोरी गरेको आरोपमा चौधरीलाई पक्राउ गरिएको हो । मोटरसाइकल चोरी भएको सूचना प्राप्त भए लगत्तै चौधरीलाई भागी रहेको अवस्थामा पक्राउ गरिएको इप्रका बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए । पक्राउ परेका चौधरीलाई इप्रका बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।