
पूर्णपुष्टि, फागुन १० । उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा मोटरसाईकलको ठक्करबाट ४ बर्षिया बालिका घाईते भएकी छिन् । रौतामाईबाट चुहाडे तर्फ आउँदै गरेको प्र १–०५–००१ प २७१३ नं को मोटरसाईकले चुहाडेकी सुमन माझीकी छोरी एलिसा माझिलाई ठक्कर दिँदा माझीको ठाउकोमा चोट लागेका थिए ।
उनलाई तत्तकाल जिल्ला अस्पताल उदयपुरमा उपचार पछि थप उपचारको लागि न्युरो हस्पिटल विराटनगर लगिएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक रौतामाई ७ का २६ बर्षिय विमल बहादुर मगरलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
