
पूर्णपुष्टि, फागुन २९
उदयपुरमा शसस्त्र प्रहरीले ४ सय केजी गाँजा फेला पारेको छ । शसस्त्र प्रहरी वल नेपाल सुरक्षा वेस रामपुर ठोक्सीलाले कोशीस्थित बाँसमा बगीरहेको अवस्थामा करिब ४ सय केजी गाँजा फेला पारेको हो । रामपुर ठोक्सीला स्थित मान्छे विहिन अवस्थामा पहाडी भेगबाट जलमार्ग हुँदै बाँसमा बगिरहेको गाँजा शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीको टोलीले रातको करिब २ बजे फेला पारेको सशस्त्र प्रहरी वल उदयपुरका गणपति कृष्णराज अधिकारीले जानकारी दिए ।

गणपति अधिकारीका अनुसार गाँजा जिल्ला प्रहरी कार्यालय उदयपुरलाई जिम्मा लगाईने जनाएको छ । उक्त गाँजा पहाडी जिल्ला भोजपुर बाट झरेको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानीमा राख्ने काम भईरहेको अधिकारीले जानकारी दिए ।

