Wednesday, April 29News That Matters

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

पूर्णपुष्टि, जेष्ठ २७ । उदयपुरमा लागुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोते रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार सोमबार बेलुका साढेँ ६ बजे त्रियुगा नगरपालिका वडा नं. ११ स्थितबाट ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागुऔषध बरामद गरेसँगै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।