
पूर्णपुष्टि, जेठ २८ । उदयपुरमा वन र कुटपिट मुद्धाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ बस्ने ६५ बर्षीय गोपाल आले र सोही स्थान बस्ने ३१ बर्षीय बिशाल तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजना चापागाईका अनुसार आईतबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेका हुन् । जिल्ला अदालतको लागत नं.२५६३ मिति २०७५।०३।३२ गतेको फैसलाले वन मुद्धामा आलेलाई रु १,६५,४६४ जरिबाना र लागत नं.२७६४ मिति २०७६।०३।२४ गतेको फैसलाले कुटपिट मुद्धामा तामाङलाई रु १०,००० जरिबाना तोकेको डिएसपी चापागाईले बताए । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनको लागी अदालत पठाइएको प्रहरीले जनाएको छ ।
