Thursday, April 23News That Matters

उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

पूर्णपुष्टि, वैशाख ५ गते ।
यही वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने भएको छ । एकीकृत जनक्रान्तीको माध्यमबाट वैज्ञानिक समाजबादी व्यवस्था स्थापना गर्ने दाबी गर्दै विप्लब पक्ष चुनाब लड्ने मैदानमा उत्रिएको हो ।
पूर्णपुष्टि खबरको कार्यक्रम चुनाबी सम्बादमा यो पार्टीका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले जिल्लामा पनि पार्टी चुनाबमा सरिक हुने बताएका छन । पार्टीले स्वतन्त्र उम्मेदवार खडा गर्ने बताउदैँ उनले भने “ हाम्रो पार्टीले चुनाबमा देशभक्त उम्मेदवार खडा गर्नुका साथै : एमसीसी बिरोधि उम्मेदवार लाई सहयोग गर्छ ।” उक्त कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी पौडेलले राजनीतिक दल दलालको कब्जामा गैसकेको आरोप लगाउदैँ इमानदार कार्यक्रताले चुनाब जित्ने अवस्था नरहेको आरोप लगाएका थिए । साथै उनले यस जिल्लामा स्थानीय चुनाबमा कुनै पनि हालतमा : एमसीसी पक्षधर सग गठबन्धन नगर्ने ठोकुवा समेत गरेका थिए ।

उक्त अन्तरबार्ता पुरै हेर्न तलको लिङ्कमा जानुहोला ।