Wednesday, June 17News That Matters

उदयपुरमा संक्रमितको संख्या ३ हजार नाघ्यो

पूर्णपुष्टि, साउन २०

उदयपुरमा आज (वुधबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २० पुरुष र १७ महिला गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २९ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका साथै ताप्ली गाउँपालिकाका रहेका छन् । त्रियुगामा ९ पुरुष र ९ महिला गरी १८ जना, चौदण्डीगढीमा ४ पुरुष र ५ महिला गरी ९ जना, बेलकामा ४ पुरुष र २ महिला गरी ६ जना र ताप्लीमा ३ पुरुष र १ महिला गरी ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

आज थप ११ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको संख्या १ हजार ४३५ पुरुष र १ हजार २३५ महिला गरी २ हजार ६७० जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्मा सक्रिय संक्रमित १७१ पुरुष र १३६ महिला गरी ३०७ जना रहेका छन् । जिल्लामा हालसम्म ३६ पुरुष र १६ महिला गरी ५२ जनाको कोरोनाले ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।