Saturday, June 6News That Matters

उदयपुरमा साढे छ हजार भन्दा बढिको पिसिआर परिक्षण

पुर्णपष्टि, भदौ १०

उदयपुरमा अहिलेसम्म छ हजार नौंं सय ५५जनाको पिसिआर परिक्षण गरिएकोमा एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट नमुना संकलन गरिएकोमा ८० पुरुष र ३१ जना महिलाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

पाचँ हजार एक सय ६७ पुरुष र एक हजार सात सय ८८ महिलाको पिसिआर परिक्षण गरिएकोमा पाचँ हजार छ पुरुष र एक हजार सात सय ३५ महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्या कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए ।

त्रियुगामा ६५, बेलकामा ३२, कटारिमा ७, र चौदण्डीगढी नगरपालिकामा दुइ जना कोरोना संक्रमित भेटिएको छ । त्यसैगरि ताप्लीमा ३ र उदयपुरगढी गाउपालिकामा दुई जना कोरोना संक्रमित भएको प्रमुख सुवेदिले बताए ।

आठ वटै स्थानीय तहहरुमा कोरोना परिक्षण गरिएकोमा  अहिलेसम्म लिम्चुङबुङ र रौतामाई गाउपालिकामा कोरोना नभेटिएको प्रमुख सुवेदिले बताए । लिम्चुङबुङमा एक सय ३४ र रौतामाईमा तीन सय १४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको हो ।

प्रमुख सुवेदिका अनुसार कुल संक्रमित मध्ये ९० जना निको भएका छन् भने २१ जनाको उपचार भइरहेको छ । जिल्लामा कोरोना  संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिाल्लाको विभिन्न क्वारेनटाईनमा ५३ जना बसिरहेका छन् ।

जिल्लामा कोरोना नियन्त्रणका लागि ५१ ठाउँमा चार सय ५५ क्वारेनटाईन वेड र ३७ आईसोलेसन वेड रहेको छ ।