
पूर्णपुष्टि, बैशाख २१
उदयपुरमा हजुर आमा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । जिल्लाको त्रियुगा नगरपालिका १३ बहेडुवाकी ६७ बर्षिय सुखनी देवीको हत्याको कारण मृतकै नातीनी रहेको खुलेको छ । परिवारले हेर्दा अचानक मृत फेला पारेको र मृतको अवस्था संकास्पद रहेको भन्दै परिवारले प्रहरीलाई खवर गरेका थिए । मृतको शरिर बाट सुन लगायतका सामाग्रीहरु समेत नभएको हुँदा घटना संकास्पद भएको थियो ।

अनुसन्धानको क्रममा सोही ठाउँकी मृत सुखनी देवीकै नातीनी २४ बर्षिय ममता चौधरीले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको हो । उनले रिसिवीको कारण हत्या गरेको प्रहरीमा बयान दिएकी छिन् । चौधरीको चैत्र २३ गते आईतबार घरमै संकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । पुरानै मनमुटाव र घटना भएको दिनमा पनि निज ममता माईतिघर गई रक्सी पकाउँदै गरेको अवस्थामा मृतक चौधरीले टिभी खोल्न बोलाएको बेला टिभि हेदैै गर्दा विवाद भई ममताले हजुरआमाको घाँटी थिचेर मारेको खुलेको छ । उनले पहिले लात्तीले हानेर भुईमा लडाई पछि घाँटी थिचेर मारेको प्रहरीमा बयान दिएकी छिन् ।
घटनाको दिन मृतक चौधरीका श्रीमान बच्चुलाल चौधरी भने गाईघाट गएको बुझिएको छ । मृतक चौधरीको प्रहरी मुचुल्का र प्रहरी अनुसन्धान पश्चात पोष्टमार्टमका लागि विपी कोईराला धरान पाठाईएको थियो । घटनाको करिब १ महिना पछि दोषी पत्ता लगाई प्रहरीले चौधरीको हत्यामा संलग्न आफ्नै नातीनिलाई सार्वजानिक गरेको हो । मृतक चौधरीको सोही बेला पोष्टमार्टम पश्चात परिवारलाई लाश जिम्मा लगाईएको थियो । पक्राउ परेका नातीनी ममतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले कर्तव्य ज्यान मुद्धाको ६ दिन म्याद थपी अनुसन्धान गरिरहेको छन् ।
