
पूर्णपुष्टि, जेठ २१ ।
उदयपुरकाे त्रियुगा नगरपालिका -७ कालीखोला नजिकै सिरुटारमा काठमाण्डौंबाट ईटहरी तर्फ जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । हायसमा सवार १४ जना मध्ये १० जना घाईते भएका हुन् ।
घाईते हुनेहरुमा सुनसरी जिल्ला रामधुनी न.पा . २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, उनकाे अनुहार, टाउको र दुवै हात र बायाँ पातमा चोट लागेकाे छ । उनकाे अवस्था गम्भीर रहेकाले विराटनगर नोबेल रेफर गरिएको छ ।
सह -चालक, सुनसरी जिल्ला इटहरी उ.म.न.पा. १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकीको बायाँ खुट्टामा र बायाँ कम्मर चोट लागेकाे छ । उनकाे अवस्था सामान्य छ ।
सुनसरी जिल्ला रामधुनी न.पा.-१ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारीकने दुवै खुट्टामा चोट लागेकाे छ । मोरङ रतुवामाई न.पा. ५ घोपाबाद बस्ने वर्ष ४५ को होमनाथ अधिकारी सामान्य घाईते छन् । सुनसरी जिल्ला ईटहरी नपा ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे दाहिना घुँडा र बायाँ हातमा चाेट लागेकाे छ ।सुनसरी जिल्ला रामधुनी न.पा.४ लालपुर बस्ने वर्ष ७० को राधा कार्कीको बायाँ हात र बायाँ खुट्टामा चोट लागेकाे छ । सुनसरी जिल्ला रामधुनी नपा -२ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की हातमा सामान्य चोट लागेकाे छ । सुनसरी जिल्ला रामधुनी नपा -२ झुम्का बस्ने वर्ष ७० की अमृत माया कार्की सामान्य घाईते, चालक सुनसरी जिल्ला रामधुनी नपा -४ मानपुर बस्ने वर्ष ३९ को टंक श्रेष्ठ बायाँ कानमा सामान्य चोट लागेकाे छ र सुनसरी जिल्ला धरान उ.म.न.पा.५ ठिङ्गाबारी बस्ने वर्ष २९ डिल्ली कुमार लिम्वुकाे बायाँ हातमा चोट लागेकाे छ । उनकाे अवस्था सामान्य रहेकाे छ । अन्य घाईतेहरुकाे उदयपुर अस्पतालमा उपचार भइरहेकाे छ ।
दुर्घटनाकाे खबर लगत्तै उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।
