
पूर्णपुष्टि, बैशाख ३०
उदयपुरमा ६० प्रतिशत मत खसेको छ । स्थानीय तहका जनप्रतिनिधि छान्ने क्रममा आज शुक्रबार भएको मतदानको क्रममा उदयपुरको ८ पालिका सँगै समग्र जिल्लामै ६० प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत दिपक खनालका अनुसार ६० प्रतिशत मत खसेको जनाएको छ । तर यो अन्तिम नतिजा भने नरहेको जनाए । हाल सबै स्थानीयतह हरुमा सम्पर्क हुन नसकेका कारण सम्पूर्ण नतिजा बताउन नसकिएको जनाए । हालको दाजोमा केहि प्रतिशत बढ्न सक्ने गरी ६० प्रतिशतको आंकलन गरिएको खनालले जनाए । उदयपुरको ९८ मतदान स्थल मध्ये त्रियुगाको १२ नं वडामा भने विवादका कारण मतदान सम्पन्न हुन सकेको छैन् ।
