Thursday, April 23News That Matters

उदयपुरमा हुने प्रदेश स्तरिय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा

पूर्णपुष्टि, १३ बैशाख ।
१३ र १४ गते उदयपुरमा आयोजना हुने कोशी प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा भएको छ । गाईघाट स्थित संगम सामुदायिक पुस्तकालयमा हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको कर्यक्रम संयोजक भरत खड्काले जनाए । कर्यक्रमको प्रचार प्रसार, सभाहल कार्यक्रको तालिकाहरु तयारी अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष समेत रहेका खड्काले जनाए । कार्यक्रमको दुई दिन हुने कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङयले गर्ने भएको छ । “पढौँ, पढाऔँ निरन्तर शिक्षका लागी पुस्तकालाय जाऔँ, सवल समाजको आधार पुस्तकालयको विकास र बिस्तार एक स्थानिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान” भन्ने मुल नाराका साथ प्रदेश स्तरीय दोस्रो पुस्तकालय सम्मेलनको भव्य तयारी भएको खड्काले जनाए ।

सम्मेलनलाई उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुले सहयोग गरेको छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल सामुदायिक पुस्ताकालयल सघं काठमाण्डौँ, पुस्तकालय महासंघ कोशी प्रदेश बिराटनगर र रिड नेपाल लगायत सम्बन्धित संघ संस्थाहरुको समन्वय सहकार्यमा सम्मेलन हुन लागेको हो ।