Sunday, April 19News That Matters

उदयपुरमा हुन्डरीले घरमाथि रुख ढाल्दा एकजनाको मृत्यु पाँच घाइते

२ चैत्र, २०८२ । उदयपुर
उदयपुरको कटरी नगरपालिका -५ मा आज राति हुन्डरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेर खिच्दा घटना भएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उन<span;>को नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी,  कटारी नपा -३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की,  वडा – ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही ठेगानाका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी नपा – १२ बसेरीका १६ वर्षीया अस्मिता परियार रहेका छन् ।
घरभित्र थिचिएकी बालिका बिनिसाको करिब एक घण्टामा उद्धार भएको थियो ।
हावाहुरीसँगै बर्षात पनि भएको थियो । पसल सहितको घर रुखले किच्दा  पसल र घरमा रहेका मानिसहरू घाइते भएका हुन् । घाइतेमध्ये घरधनी चौधरी उपचारका लागि <span;>कटारी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।
घटनाको खबर लगत्तै इप्रका कटारीबाट प्रनाउ दोङसहित प्रहरी टोली खटिएर घाइतेहरूको उद्धार गरेका थिए ।  घटनामा सशस्त्र प्रहरीसमेत उद्धारमा खटिएको थियो ।
उदयपुरको कटारी क्षेत्रमा आज अस्वाभाविक रुपले वर्षातसँगै ठूलो हावा हुन्डरी  आएर क्षति गरेको हो ।