
पूर्णपुष्टि, बैशाख ११
उदयपुरमा लागुऔषधमा संलग्न फरार प्रतिबादी पक्राउ परेको छ । गत चैत १४ गतेबाट फरार भएको त्रियुगा नगरपालिका–३ बस्ने ३० वर्षीय गोपाल भन्ने गोविन्द बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत गत चैत १४ गते करिब ७:२० बजे त्रिनपा–११ बाबारानी मार्गबाट लागुऔषधको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलिले ४ ग्राम ब्राउन सुगर सहित त्रिनपा–११ बस्ने वर्ष ३२ को दशरथ साह र २९ को विवश राई पक्राउ परेको थियो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा सोही मुद्दामा संलग्न रहेको बस्नेत गत चैत १४ गतेबाटै फरार रहेका थियो । गाउँ घरमै लुकिछिपी बसिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले शुक्रबार साढे १० बजे त्रिनपा–३ भुल्केको चौतारामा बसिरहेको अबस्थामा फेला पारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
