Saturday, April 18News That Matters

उदयपुरमा ११ सय केजी बढी गाँजा सहित २ महिला पक्राउ

पूर्णपुष्टि, बैशाख १६ । उदयपुरमा ११ सय केजी बढी लागुऔषध गाँजा सहित २ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका वडा नं. १ रानीटार बस्ने अन्दाजी ४१ बर्षीया रत्न माया श्रेष्ठ र अन्दाजी ४२ बर्षीय कमला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहिबार जिप्रका र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले रत्न माया श्रेष्ठको घर खनतलासी गर्द ३५ ओटा बोरामा रहेको ११४३.२७५ के.जी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।

ठुलो परिणामको गाँजा बरामद भएसँगै घरधनी रत्नमाया श्रेष्ठ र कमला श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।