Friday, May 1News That Matters

उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, साउन २८ । उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २५ बर्षीय प्यारे भन्ने सरोज घिमिरे र सोही स्थान बस्ने ४३ बर्षीय गोविन्द खत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार जिल्ला अदालतको मिति २०७३–०३–२९ गतेको फैसलाले लागू औषध मुद्धामा घिमिरेलाई २ हजार रुपैँया र मिति २०७५–०२–१३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा खत्रीलाई २ हजार रुपैँया जरिवना तोकेको थियो । आईतबार जिप्रका बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।