Thursday, July 16News That Matters

उदयपुरमा २७ किलो गाँजा सहित अटो चालक पक्राउ

पूर्णपुष्टि, बैशाख १० । उदयपुरको बेलका नगरापलिका–८ कोठु स्थितबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने अशोक राई रहेको छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान करिब १० बजेको समयमा अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँजको क्रममा अटोमा ल्याउँदै गरेको २७ किलो गाँजा सहित राईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।