Saturday, April 25News That Matters

उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

पूर्णपुष्टि, वैशाख ५ गते ।
जिल्ला निर्वाचन कार्यालय उदपुरमा स्थानीय तहको निर्वाचन लागि २८ दलले नाम दर्ता गराएका छन् । जिल्लाको आठ वटै स्थानीय तहबाट २८ दलले चुनाब जित्न लक्ष्यसहित नाम दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनसार स्थानीय निर्वाचन प्रयोजनका लागि २२ दल दर्ता भएका छन, भने रास्ट्रीय मान्यता प्राप्त दलले जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुनु पर्दैन । जस अनुसार जिल्लामा नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र , नेकपा एस , जनता समाजबादी पार्टी , र लोकतान्त्रिक समाजबादी पार्टीसहित जनमोर्चा नेपाल, रा. प्र. पा., मौलिक जरोकिलो पार्टी , मङ्गोल नेशनल अर्गनाइजेसन , जनमत पार्टी , नेकपा माले, सचेत नेपाली पार्टी लगायतका दल चुनाबमा सहभागी हुने छन । जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले दर्ता भएका दलले मात्र चुनाबमा भाग लिन पाउने भएकाले अब जिल्लामा २८ दलले मात्र भाग लिन पाउने बताए । र्विाचनमा २८ दल सहभागी हुने भएपनि यो जिल्लामा काङ्ग्रेस, एमाले , माओबादी र एकीकृत समाजबादी बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचन गठबन्धन भएमा सत्ता गठबन्धनलाई जित निकाल्न सहज हुने देखिन्छ ।