
पूर्णपुष्टि, माघ ९
उदयपुरमा २ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा ४ सय ८३ जनाको एन्टीजेन्ट विधिबाट परिक्षण गर्दा १ सय ८६ जनाको नेगेटिभ र २ सय ९७ जनाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा हालसम्म १ सय २२ जना महिला र १ सय ७५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ अनुसार हालसम्म आठ पालिका मध्ये ४ नगरपालिका र १ गाउँपालिकामा संक्रमण देखिएको छ, भने ३ गाउँपालिका कोरोना मुक्त रहेको छ । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा संक्रमण भेटिएको छ, भने रौतामाई, ताप्ली र लिम्चुङबुङमा संक्रमण शुन्य रहेको छ ।
त्रियुगामा ३० महिला र २७ पुरुष गरी ५७ जना, कटारीमा १७ महिला र २६ पुरुष गरी ४३ जना, चौदण्डीगढीमा २० महिला र १९ पुरुष गरी ३९जन, बेलकामा ९ महिला र १४ पुरुष गरी २३ जना र उदयपुरगढीमा १ जना महिलामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वस्थ्य कार्यालय उदयपुरमा गरीएको परिक्षणमा ४५ महिला र ८९ पुरुष गरी १ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख छ । जिल्लामा पछिल्लो तथ्याङक अनुसार १ जना पुरुषको कोरोनाबाट ज्यान गएको छ ।


