Thursday, June 18News That Matters

उदयपुरमा ३ लाख ४० हजार ७ सय २१ जनसंख्या

पूर्णपुष्टि,चैत्र ११ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार उदयपुरको जनसंख्या ३ लाख ४० हजार ७ सय २१ रहेको देखाएको हो ।

जसमा पुरुष १ लाख ६३ हजार ७ सय ३८ र महिला १ लाख ७६ हजार ९ सय ८३ रहेको छ । उदयपुरमा जम्मा घरपरिवार संख्या ८१ हजार १ सय ८९ रहेको छ । तथ्यांक अनुसार जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमवल ६८ प्रतिशत रहेको छ । त्यसैगरी उदयपुरका विदेश वस्नेको संख्या २१ हजार १७ जना रहेको छ । जसमा पुरुष १८ हजार ५ सय १५ र महिला २ हजार ५ सय २ रहेको छ । जिल्लामा अपाङ्गता भएका ९हजार २सय १८ जना रहेका छन् ।

उदयपुरमा ५ वर्ष माथिका साक्षरता प्रतिशत ७७दशमलव १७रहेको छ । जसमा पुरुष ८४दशमलव ०७प्रतिशत र महिला ७० दशमलव ८७ रहेको छ । २०६८ को जनगणना अनुसार उदयपुरमा ३ लाख १७ हजार ५ सय ३२ जनसंख्या रहेको तथ्यांक कार्यालय उदयपुरका प्रमुख शिव नारायण महतोले जानकारी दिनुभयो ।